काठमाडाैं । अनेरास्ववियुले जननेता मदन भण्डारीको ७३ औं मदन जन्म जयन्ती विविध कार्यक्रम गरि मनाएको छ ।
जयन्तीको अवसरमा अनेरास्ववियु केन्द्रिय कमिटीले विशेष निर्देशन मातहतका कमिटी तथा केन्द्रिय कमिटीले विभिन्न कार्यक्रम गरेको छ ।
असार १० गते देखि केन्द्रीय रचनात्मक तथा सामाजिक सरोकार विभाग र केन्द्रीय प्रचार विभागको सम्वन्यमा जननेता क. मदन भण्डारीको व्यक्तित्व र विचारको सम्झना स्वरुप सामाजिक सञ्जालहरुमा विभिन्न प्रचारात्मक व्यानर, भिडियो, अडियोहरु बजाएको थियो भने असार १२ गते बढ्दो जलबायु परिवर्तनको प्रभावलाई नियन्त्रण गर्न देशभर एक दिन एक लाख वृक्षरोपण गरिएको थियो ।
त्यस्तै असार १३ गते प्रदेश कमिटीहरुको आयोजनामा देशका सबै प्रदेश राजधानीहरुमा मदन भण्डारीको विचार माथिको बिमर्श कार्यक्रम आयोजना सम्पन्न भएको छ भने असार १४ गते एक कमिटी एक कार्यक्रम अन्तर्गत सम्पुर्ण मातहत कमिटीले सरसफाई कार्यक्रम, हाजिरी जवाफ प्रतियोगिता, कविता प्रतियोगिता, वकृत्वकला लगायतका विभिन्न रचनात्मक कार्यक्रमहरु साथै केन्द्रीय कमिटिको आयोजनामा मदन भण्डारीको शालिकमा माल्यार्पण तथा मदन भण्डारीको जीवनी माथि परिचर्चा कार्यक्रम गरि मदन जयन्ती मनाइएको छ ।