detail-img

बंगलादेशमा रहेका विद्यार्थी सुरक्षित फिर्ता ल्याउन अनेरास्ववियुकाे आग्रह

काठमाडाैं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बंगलादेशमा रहेका नेपाल फर्कन चाहने विद्यार्थीहरुलाई घर फिर्ता गर्न सरकार समक्ष आग्रह गरेकाे छ ।

आज एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियु अध्यक्ष समिक बडालले बंगलादेशस्थित नेपाली राजदूतावासलाई विद्यार्थीलाई सुरक्षित घर फर्काउन आग्रह गरिएकाे छ ।

अनेरास्ववियुले बंगलादेशमा भएकाे जारी आन्दाेलनलाई नजिकबाट नियालिरहेकाे उल्लेख गर्दै अध्यक्ष बडालले अनेरास्ववियु विश्वमा भएका जुनुसुकै प्रशासन विरुद्धका विद्यार्थी आन्दोलनमा साथ दिदै आइरहेको उल्लेख गर्नुभएकाे छ ।

 

 

आरक्षण प्रणालीको विराधमा उत्रिएका वंगलादेशका विद्यार्थीमाथि गरिएको प्रहरी दमनको घोर आपत्ति जनाउँदै अनेरास्ववियुले सरकारी प्रवेश सेवामा गरिएको आरक्षण कोटा वदर गरि योग्य सक्षम र क्षमतावान विद्यार्थीलाई सरकारी सेवामा प्रवेश गराउन बंगलादेशसँग माग समेत गरेकाे छ ।

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीको गन्तव्य ठाउँ भएकाे उल्लेख गर्दै बंगलादेशमा रहेका करिव तीन हजार विद्यार्थीलाई सुरक्षित घर फर्काउन बंगलादेशस्थिति नेपाली राजदूतावासलाई र सरकार समक्ष आग्रह समेत गरेकाे छ ।