detail-img

अनेरास्ववियु स्ववियु निर्वाचनमा सधैं अब्बलः समिक बडाल 

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का अध्यक्ष समिक कुमार बडालले अनेरास्ववियु स्ववियु निर्वाचनमा सधैं अब्बल रहेको बताउनु भएको छ । 

आज तुल्सीलाल प्रतिष्ठानमा उद्घाटन भएको स्वावियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशाला–२०८१ मा भनाइ राख्दै अध्यक्ष बडाललले स्ववियु निर्वाचन देशभर जित्ने गरि यस कार्यशालाले भूमिका खेल्ने उहाँले बताउनु भयो । 

अनेरास्ववियुलाई हार्ने छुट नभएको बताउँदै उहाँले देशभर अनेरास्ववियुलाई जिताउने गरि सबै जना लाग्नु पर्ने उहाँले बताउनु भयो । 

उहाँले भन्नुभयो– ‘अनेरास्ववियुलाई हार्ने छुट छैन, यस कार्यशालाले स्ववियु निर्वाचनमा देशभर अनेरास्ववियुलाई जिताउनका लागि तयारीका रुपमा यस कार्यशाला गरिएको हो ।’

उहाँले अहिले पार्टी र अनेरास्ववियुमाथि साइबर आक्रमण बढिरहेकाले यसलाई निर्मुल पार्न सबै एकजुट भएर लाग्नु पर्ने बताउनुभयो । 

अनेरास्ववियु सधैं झैं यस पटकको स्ववियु निर्वाचनमा पनि पहिलो हुने उहाँले बताउनु भयो ।